आज सुनको मूल्य कति छ?

काठमाडौं । आज सुनको मूल्य घट्दा चाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा ४ सयले घटेर तोलाको एक लाख ६२ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ६२ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।