काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीहरूलाई पाँच अर्ब पाँच करोड रकम भुक्तानी गरेको छ।
निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्न योग्य भइसकेको तर भुक्तानी गर्न नसकेको ८ अर्ब ७१ करोडमा ५ अर्ब ५ करोड भुक्तानी गरिएको मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए ।
उनले अर्थ मन्त्रालयले साउन १ गते बजेटबाट रकम रकमान्तर गर्ने वा अघिल्लो त्रैमासिकको पनि अगाडि तानेर भुक्तानी गर्न सहमति दिएबमोजिम ६० प्रतिशत रकम भुक्तानी गरिएको जानकारी दिए ।
उनका अनुसार ८ अर्ब रकम भुक्तानी गर्नुपर्नेमा अझै ३ अर्ब ६६ करोड रकम निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्न बाँकी रहेको छ ।