Hotel Panchthar Nepco Media

वाणिज्य बैंकको ‘काउन्टरसाइक्लिक बफर’ शून्य प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको काउन्टरसाइक्लिक बफर शून्य प्रतिशत कायम गरेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

यसअघि वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८०र८१ को अन्त्यसम्ममा यस्तो बफर ०।५ प्रतिशत कायम गर्नुपर्ने प्रावधान रहेकामा केन्द्रीय बैंकले चालु आवको साउनदेखि लागू हुने गरी शून्य प्रतिशत कायम गरेको हो ।

त्यस्तै, २०८४ साल असार मसान्तसम्ममा बैंकहरूले न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा प्रवाह गर्नुपर्नेछ । जसमा यसअघि १ करोडभन्दा कम रकमका कर्जा उल्लेख भएकामा संशोधन गरी २ करोड कायम गरिएको छ ।