Hotel Panchthar Nepco Media

ग्लोबल आइएमई बैंकले ल्यायो नयाँ योजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ योजना ल्याएको छ ।बैंकले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २ सय ५० रुपैयाँसम्म क्यासब्याक पाइने योजना सार्वजनिक गरेको हो ।

ञपैसा आउने, थपेर पाउनेझ नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा २ सय ५० रुपैयाँसम्मको क्यासब्याक पाइने नयाँ योजना बैंकले ल्याएको छ ।

बैंकले रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउने व्यक्तिले यस क्यासब्याक योजनाअन्तर्गत २५ हजारसम्म पैसा पठाउँदा १ सय,५० हजारसम्म पैसा पठाउँदा २ सय र ५० हजार भन्दा बढी पैसा पठाउँदा २ सय ५० क्यासब्याक पाइने भएको छ । यो नया योजना जनवरी ३१ सम्म लागू हुनेछ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैंक हो ।