Hotel Panchthar Nepco Media

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास

काठमाडौं। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६५ विन्दुले घटेको छ । यस गिरावटसँगै सूचक १९६०.७२ विन्दुमा रहेको छ ।

६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनीको २०१ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल ११ पटक सेयर कारोबार भएको हो । २ कम्पनीको भाउ बढ्दा ६ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।