काठमाडौं। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी आजदेखि औपचारिक रूपमा कार्यान्वयनमा आउने भएको छ ।
एमसीसी परियोजना औपचारिक कार्यान्वयनको घोषणा गर्न उपाध्यक्ष क्यामरुन एलफोर्ड मङ्गलवार नेपाल आएका छन्।
करिब ७० करोड डलरको एमसीसी परियोजनाको आज उद्घाटन गर्ने कार्यक्रम छ ।
अर्थ मन्त्रालयमा आज औपचारिक सुरुवात हुने एमसीसी सम्झौता पाँच वर्षमा परियोजना सम्पन्न गर्ने गरी कार्यान्वयनमा जाने समय यही भदौ १३ गते तोकिएको छ ।