काठमाडौं । साताको चौंथो दिनको कारोबारमा सेयर बजारमा हरियाली छाएको छ । केही दिनदेखि बढिरहेको बजारले बुधाबार पनि निरन्तरता पाएको छ ।
अघिल्लो कारोबारको दिन मंगलबार उच्च अंकले बढेको बजार आज दोहोरो अंकले बढेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.४२ अकंले बढेर २०३७ बिन्दुमा बन्द भएको छ । आज २७५ कम्पनीको १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँको कारोबार भएको छ ।
आज दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । खप्तड लघुवित्त वित्तीय संस्था र सिटी होटल्सको सेयरमूल्यमा उच्च वृद्धि भएको हो ।
आज सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्
। यस दिन शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा बढी कारोबार भएको हो ।