नेपाल आइपुगिन् देवी प्रतिभा

काठमाडौं । चर्चित कथावाचिका देवी प्रतिभा नेपाल आइपुगेकी छन्। माघ १ गतेबाट सुरु हुन लागेको देवघाट महामहोत्सवका लागि विश्व चर्चित कथावाचिका देवी प्रतिभा नेपाल आएकी हुन्।

आइतबार भारतबाट हिँडेकी उनी १५ सदस्यसहित नेपाल आइपुगेको आयोजक कमिटीका सदस्य नारायण भण्डारीले बताए।

प्यार से बोलो ना भनेर चर्चाको शिखरमा पुगेकी कथावाचिका देवी प्रतिभा १० दिनसम्म नेपालमा नै बस्ने कार्यक्रम रहेको छ। यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर संसार भर रहेका नेपालीको मन जितेकी २३ वर्षीया काभ्रेली चेली विश्वकै बढी खोजीले कथावाचिकाको रुपमा पर्छिन्।

देवघाट महामहोत्सवमा देवी प्रतिभाका अलावा ईश्व्रकृष्ण महाराजजी, ओम प्रकाश गुरु यशोदा कौडिन्य र अनुराधा पाण्डेयले पनि कथावाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

मकर स्नान माघ महामहोत्सकको अवसरमा मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ लगाइने देवघाट महा महोत्सबबाट उठेको सहयोग रकम निर्माणाधिन मातापिता सेवा आश्रमका लागि खर्च गरिनेछ।