केपी ओली नेतृत्वको सरकार चाडै ढल्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वको सरकार चाडै ढल्ने बताएका छन् ।

प्रचण्डले ओली नेतृत्वको सरकार लामो समय नजाने दाबी गरेका हुन् । सिंहदरबारमा विपक्षी दलहरुको बैठकबाट बाहिरिदै प्रचण्डले भने, ‘यो सरकार अप्राकृतिक हो। धेरै लामो समय जाँदैन।’

छलफलमा अध्यक्ष प्रचण्डसहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ सहभागी थिए। साथै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता मोहन श्रेष्ठ पनि बैठकमा पुगेका थिए।