चिसो बढेसँगै वीरगञ्जका विद्यालय बन्द

काठमाडौं । वीरगञ्जमा अत्याधिक चिसो बढेको छ । अत्यधिक चिसो बढेसँगै वीरगञ्ज महानगरले आजदेखि तीन दिन महानगरभित्रका सबै विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।

पछिल्ला दिन जिल्लामा बाक्लो हुस्सु लाग्न थालेपछि महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो।

सार्वजनिक सूचना जारी गरेर तिन दिन सामुदायिक र संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय भएको महानगरका शिक्षा अधिकृत हरि राउतले बताए । ‘

त्यसै, पर्सागढी नगरपालिकाले पनि गत पुस २१ गते सार्वजनिक सूचना जारी गरेर पुस २२ गतेदेखि माघ १ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख देव कुमार गिरीले जानकारी दिए।