सिजाङ ६.८ म्याग्निच्युडको भूकम्पपछि उद्धार कार्य जारी

एजेन्सी । चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान ६.८ म्याग्निच्युडको भूकम्प गएको छ ।

बेइजिङ समय अनुसार बिहान ९:०५ बजे भूकम्पको केन्द्रविन्दु सिगाजे सहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिपमा रहेको थियो। भूकम्पको केन्द्रविन्दुको २० किलोमिटरको दायराभित्र २७ गाउँ र करिब ६ हजार ९ सय मानिस रहेका छन् ।

चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजेको डिङ्ग्री काउन्टीको चाङ्सुओ टाउनशिपको एउटा गाउँमा उद्धार कार्य गरिरहेका छन्। दिउँसो ३ बजेसम्म कुल ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य १३० जना घाइते भएका छन्।