काठमाडौं । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या आएपछि काठमाडौंमै सुरक्षित अवतरण गरिएको छ ।
जहाजको टायरमा केही समस्या देखिएपछि उडान भरेको केही समयमै पुनः काठमाडौं फर्काएर सुरक्षित अवतरण गरिएको बुद्ध एयरले जनाएको छ ।
बुद्ध एयरको उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि विमानलाई काठमाडौँ डाइभर्ट गरिएको हो ।
उक्त एयरलमा ६९ यात्रु लिएर भद्रपुर जान लागेको थियो । प्राविधिक टोलीले विमानको जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ ।






























