काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कानून व्यवसायीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेको तर्फबाट थुनछेक बहस चलिरहेको छ ।
कास्की जिल्ला अदालतमा जिल्ला न्यायाधीश नितिश राईको इजलासमा आजदेखि पूर्व गृहमन्त्री समेत रहेका लामिछानेको तर्फबाट कानून व्यवसायीहरूको थुनछेक बहस गर्दै छन् ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा लामिछानेसहित सात जनाविरूद्ध दर्ता भएको मुद्दामा गत मंगलबारदेखि थुनछेक बहस भइरहेको छ।
सरकारी वकिल, जाहेरवाला सहकारी पीडिततर्फका वकिलहरूको बहसपछि यो सातादेखि प्रतिवादीतर्फका वकिलहरूले बहस गरेका थिए।





























