भारतमा फोन गर्दा लाग्ने शुल्क घट्यो

काठमाडौं । नेपाल टेलिकमले भारतमा फोन गर्दा लाग्ने शुल्क घटाएको छ। आफ्नो नेटवर्क प्रयोग गरेर भारतमा फोन गर्दा प्रतिमिनेट करबाहेक ३ रुपैयाँ ७६ पैसा लाग्ने टेलिकमले जनाएको छ।

मंगलबार विज्ञप्ति निकालेर टेलिकमले एक्सेस कोड १४२४ को प्रयोग गरेर हुने वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरिएको जानकारी दिएको हो।

जसअनुसार पुस १५ गते राति १२ बजेदेखि एक्सेस कोड १४२४ को महसुल दर कर बाहेक प्रति मिनेट ३ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।