पूर्व गृहमन्त्री रविको थुनछेक बहस सुरु

काठमाडौं ।सहकारी ठगी प्रकरणमा अनुसन्धानमा रहेका रास्वपा सभापति एंव पूर्व गृहमन्त्री रवि लामिछानेसहितका अभियुक्तविरुद्ध थुनछेक बहस सुरु भएको छ।

गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेतरेहका लामिछानेसहितको मुद्दाको बहस न्यायाधीश नीतिज राईको इजलासमा थुनछेक बहस सुरु भएको हो ।

लामिछाने, छविलाल जोशीसहित सूर्यदर्शनका पूर्वसञ्चालक कृष्णबहादुर गुरुङ, जिबी एन्ड कम्पनीकी कर्मचारी लीला पछाई र नेचर हर्बस् इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाल, पूर्व उपाध्यक्ष मीना गुरुङ र पूर्व कोषाध्यक्ष आरती गुरुङको कास्की जिल्ला अदालतमा बयान सकिएको छ। उहाँविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध अभियोगमा पुस ७ गते मुद्दा दायर भएको थियो।

लामिछानेलाई सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना, सहकारी ठगीमा चारदेखि छ वर्षसम्म कैद र सङ्गठित अपराधमा थप ५० प्रतिशत सजाय हुनुपर्ने अभियोगपत्रमा उल्लेख छ ।