काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै सोमबार ‘तमू ल्होसार’ विविध कार्यक्रम गर्दै मनाएका छन् ।
बाहिर घर भएर काठमाडौं बस्ने तमू ९गुरुङ० समुदायका व्यक्ति आफ्नो भेषभूषा र झाँकीसहित टुँडिखेलमा उपस्थित भएर ल्होसार मनाएका हुन् ।
‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमू ल्होसार’भनिएको हो । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमू ल्होसार मनाउने चलन रहेको छ ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । त्यस्तै क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ ।



तमू ल्होसार: फोटो सामाजिक सञ्जाल






























