एजेन्सी । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६७ पुगेको छ । विमान धावनमार्गमा ल्याण्ड गर्नेबेला चिप्लिएर दुर्घटना भएको थियो ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार १८१ जना सवार विमानमा १७५ जना यात्री र चालक दलका ६ सदस्य सवार थिए । सो विमान थाइल्याण्डको बैंककबाट यात्रु लिएर फर्केको थियो । दक्षिण कोरियाको अग्निशमन विभागका अनुसार मृतक सङ्ख्याबारे एकिन गर्ने काम भइरहेको छ ।
अहिलेसम्म दुई जनाको उद्धार गरिएको छ । विभागले जनाएअनुसार बाँच्न सफल हुनेमा एकजना यात्री र एकजना चालक दलका सदस्य रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।






























