दक्षिण कोरियामा विमान दुर्घटना मृत्यु हुनेको संख्या १२० पुग्यो

मुआन । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा परि मृत्यु हुनेको संख्या १२० पुगेको र दुर्घटनास्थलमा उद्धार कार्य जारी छ ।

विमान धावनमार्गबाट ​​चिप्लिएर मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किँदा दुर्घटना भएको कोरियाका कार्यरत लाल बहादुर तामाङले बताए । उक्त विमानमा १८१ यात्रु थिए ।

उनका अनुसार विमानमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य थिए । जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा आइतबार विहान दुर्घटनामा भएको हो ।