रविसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध आज सम्पत्ति शुद्धिकरणमा मुद्दा दर्ता भएको जनाकारी दिइन् ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेमाथि २७ करोड ८९ लाख ४४ हजार सात सय रुपैया बिगो दाबीसहित मुद्दा दर्ता गरिएको न्यायाधिवक्ता शर्माले बताइन् ।

सहकारी बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौं रास्वपा पार्टी कार्यलयबाट पक्राउ परेका थिए ।