एनपीएल : जनकपुर एनपीएलको फाइनलमा

काठमाडौं । जनकपुर बोल्ट्स जारी नेपाल प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ । कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर कोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको हो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको जनकपुर बोल्ट्सले १९ ओभरमा आठ विकेट गुमाएर विजय लक्ष्य पुरा ग¥यो ।

जनकपुरका जिमी निशमले सर्वाधिक ४५ रनको योगदान गरे । १७ बल खेलेका उनले २ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै ओपनर शुभ कंसाकार ६ बलमा ३ रन जोडेर आउट हुँदा कप्तान आशिफ शेख ४ रन तथा लाहिरु मिलान्था २ रनमै समेटिए । शेर मल्लले अविजित १६ रन जोडे । शेरले १० बल खेल्दा १ छक्का प्रहार गरे । हर्श थाकरले १७, मयन यादवले १५ र आकाश त्रिपाठीले १३ रन जोडे । बलिङमा कर्णालीका बिपिन शर्माले सर्वाधिक ३ विकेट लिए ।

त्यसअघि कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनाएको थियो । कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन जोडे । उनले २० बलमा एक चौका र दुई छक्काको मद्दतमा २५ रन बनाएका हुन् ।

ओपनर देव खनालले २० बलमा तीन चौका र एक छक्काको सहयोगमा २४ रन जोडे भने विलियम बोसिस्टोले १५ बलमा एक चौकाको सहयोगमा १४ रन बनाए । जिशान मक्सुद ११ बलमा दुई चौकाको सहयोगमा १२ रन जोडे । त्यस्तै १७ बल खेलेका उनिस ठकुरीले दुई चौका प्रहार गर्दै १२ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कप्तान सोमपाल कामी पाँच रनमा आउट भए भने जयकिशन कोल्सावालाले एक रन बनाए ।

जनकपुरका लागि जेम्स निशम, मोहम्मद मोहसिन र ललितनारायण राजवंशीले समान दुईरदुई विकेट लिए । हर्ष ठाकर र शेर मल्लले समान एकरएक विकेट झारे । यसअघि नै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ । अब शनिबार सुदूरपश्चिम र जनकपुरबीच फाइनल खेल हुनेछ ।