चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा

काठमाडौं । एनिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो क्वालिफायरमा पुगेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार जितका लागि एक सय ७६ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ५४ रनमा समेटियो ।

हारसँगै चितवन एनपिएलबाट बाहिरिएको छ । फाइनल पुग्न विजेता कर्णालीले पहिलो क्वालिफायरको पराजित टोलीसँग बिहीबार प्रतिस्पर्धा गर्ने भएको छ । पहिलो क्वालिफायरमा आजै लिगको शीर्षटोली सुदूरपश्चिम रोयल्स र दोस्रो टोली जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ ।