प्रहरीले बुझाइयो लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति तथा पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन कास्की प्रहरीले बुझाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको हो ।

प्रहरीले रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउन राय दिएको छ । प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोजन गर्न राय दिएको छ ।