काठमाडौं । पूर्व प्रधामन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको अर्थतन्त्र दुई दर्जन विचौलियाको हातमा रहेको बताएका छन् ।
धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका(८ बिधाङस्थित कालिका माध्यामिक विद्यालयको एकीकृत छात्रावास उद्घाटन कार्यक्रममा बोल्दै उनले नेपालको राजनीति जनताको हातमा आएपनि अर्थतन्त्र अझै जनताको हातमा आउन नसकेको बताएका हुन् ।






























