हवाई भाडामा वृद्धि हुँदा रोजगारीमा जाने श्रमिक मरमा : अध्यक्ष भण्डारी

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले अस्वाभाविक रुपमा हवाई भाडा बढ्दा वैदेशिक रोजगारीमा जाने श्रमिकलाइ मार्का परेको बताएका छन् ।

अध्यक्ष भण्डारीले ट्राभल एजेन्सीहरुले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका लागि १० घण्टा बन्द गरेर उडान कटौती भएको मौकामा हवाई भाडा वृद्धि हुँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरु अफ्ट्यारोमा परेको बताएका हुन् ।

अस्वाभाविक रुपमा वृद्धि भएको हवाई भाडा सरकारले तत्काल नियन्त्रण गरी पुरानै भाडादर कायम गराउन भण्डारीले माग गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान कटौती हुँदा टिकट नपाउने समस्या भोगिरहेका श्रमिकले भाडा महँगीका कारण श्रमिकहरुको बिचल्ली रहेको उनले बताए । उनले अचाक्ली रुपमा वृद्धि भइरहेको भाडाबारे पर्यटन मन्त्रालय र सरोकारवाला निकायले अनुगमन र नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।