काठमाडौं । आज सोमबार सुनचाँदीको भाउ घटेको छ।
आइतबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य भने आज घटेर प्रतितोला चार सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाएको छ ।
महासघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला दुई हजार ८५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला दुई हजार ६५ रूपैयाँमा किनबेच भइरहेको छ।































