संखुवासभा । हत्या आरेपामा फरार रहेका अभियुक्त चार वर्षपछि पक्राउ परेका छन् ।
मादी नगरपालिका-८ का राजकुमार तामाङलाई चार वर्षपछि प्रहरीले पक्राउ गरेको हो । २०७७ साल माघ १० गते छिमेकी रत्नबहादुर प्रधानको हत्याका आरोपित तामाङ फरार थिए । उनलाई आज पक्राउ गरिएको डिएसपी दक्षकुमार बस्नेतले जनाकारी दिए ।
गत असोज १९ गते अभियुक्त राजकुमार तामाङकै गाउँका दिनेश मोक्तान आगजनी गरेको आरोपमा समातिएपछि उनको बयानका आधारमा हत्या आरोपित राजकुमारलाई प्रहरीले पक्राउ गरेको डिएसपी बस्नेतले बताए ।
हत्यामा संलग्न तामाङविरुद्ध कर्तव्यज्यान तथा आपराधिक उपद्रव र मोक्तानविरुद्ध आपराधिक उपद्रव कसुरमा मुद्दा चलाएको प्रहरीले जनाएको छ ।






























