काठमाडौं । प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा नियुक्त भएका छन्।
राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्।
आइतबार राष्ट्रपति रामचन्द्र पौडैलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
असोज १६ गतेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानन्यायाधीशमा राउतको नाम सर्वसम्मतिले अनुमोदन भएको थियो।






























