नेपाल प्रहरीको अस्पतालबाट महिला डाक्टर फरार

काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा शिवानी सिंह वैशाखदेखि फरार भएकी छन् ।

गृह मन्त्रालयले इन्स्पेक्टर डा। सिंह फरार भएको सार्वजनिक सूचनानै जारी गरको छ । तालुकदार विभागीय मन्त्रालयले डा। सिंहको नाममा स्पष्टीकरणसहित हाजिर हुन आउन भन्दै अखबारमै म्याद जारी गरेको हो ।

प्रहरी अस्पतालको रेडियोलोजी, शाखामा दरबन्दी रहेकी डा। सिंह छाला रोग विभागको ओपिडीमा कार्यरत थिईन् । उनले सुरुमा ४ निको भैपरी आउने विदा लिएकी थिइन् । पछि १४ दिन पुन घर विदा लिइन् भने त्यसपछि पनि उनले लगातार ३०(३० दिनको विदा दुई पल्ट थप गरेकी छन् ।

गृहमन्त्रालयका अनुसार ७८ दिन लामो समयसम्म विदामा बसेर साउन ६ गते अस्पतालमा हाजिर हुन पर्ने भएपनि कसैलाई जानकारी नदिई सम्पर्कविहीन भएको र स्थायी ठेकानामा प्रहरी नियमावली बमोजिमको सूचना टाँस गर्दा पनि समेत अटेर गरेकाले अखबारमै म्याद जारी गर्नु परेको हो ।

सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक ७ दिनभित्र हाजिर हुन आउन भनेको छ । ७ दिनभित्र नआए प्रहरी नियमावलीको नियम ११३ को खण्ड (च)बमोजिम सेवाबाट बर्खास्त गर्ने चेतावनी समेत गृहमन्त्रालयले दिएको छ ।