काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको एक लाख ६१ हजार ३ सयमा कारोबार भएको छ। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।
त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदीको मूल्य ३ रुपैयाँले बढेर १९८० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।



























