काठमाडौं। युरोकपको फाइनलमा स्पेन र इङल्याण्ड खेल्ने भएका छन् । फाइनल खेल आइतबार राति नेपाली समय अनुसार १२स् ४५ बजेदेखि हुने छ ।
सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेदरल्याण्डसले इङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
स्पेन र इङल्याण्ड अहिलेसम्म २७ पटक आमने सामने भएका छन् । जसमा स्पेनले १३ पटक जितेको छ भने इङल्याण्डले १४ खेल जितेको छ । त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् ।































