अग्निपीडितलाई अस्थायी आवासको व्यवस्थाको लागि जुट्यो सरकार

काठमाडौं । सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रियालाई अघि बढाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया शुक्रबारदेखि शुरु भएको बताए ।

गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा शुक्रबार भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२औँ बैठकले उक्त प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

बैठकले अग्निपीडितलाई दुई किस्तामा ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।