Hotel Panchthar Nepco Media

जनप्रगतिशील मञ्च भिक्टोरियाको उपाध्यक्षमा डीबी थापा

काठमाडौं । अस्ट्रेलियामा बस्ने नेपालीहरूको साझा संस्था नेपाली जनप्रगतिशील मञ्चअन्तर्गत भिक्टोरिया राज्य समितिको अधिवेशन सम्पन्र्न भएको छ ।

नेपाली जनप्रगतिशील भिक्टोरिया राज्य समितिले तिलक प्रसाद उपाध्यायको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ, भने उपाध्यक्षमा डीबी थापा निर्वाचित भएका छन् ।

त्यस्तै, सचिवमा श्याम पौडेल, सहसचिवमा हिक्मत रानमगर, कोषाध्यक्षमा मनोज पौडेल निर्वाचित भएका छन् ।

विभिन्न राज्यका अधिवेशन सकेर नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको केन्द्रीय अधिवेशन गर्न लागिएको मञ्चका उपाध्यक्षमा डीबी थापाले बताए । चितवन जिल्लामा जन्मिएका उपाध्यक्षमा थापाले अस्ट्रेलियालाई कर्मथलो बनाउदै आएका छन् । उनले नेपाली गीत संगीतका अग्रज श्रष्टा र देश तथा विदेशमा दजनौ कार्यक्रमको कुसलतापूर्वक संयोजन गर्न सफल भएका व्यक्ति हुन् । उपाध्यक्ष थापा नेप्को इन्टरटेनमेन्ट प्रा.लिका प्रबन्ध निर्देशक समेत हुन्।