चर्चित गायिका एलिना चौहानले कसिन लगनगाँठो

काठमाडौं। गायिका एलिना चौहानले आफ्ना प्रेमी विष्णु सापकोटासँग लगनगाठो कसेकी छन्। सापकोटा बाङलुङबाट जन्ती लिएर हिजै झापा पुगेका थिए।

एलिना पछिल्लो समयकी चर्चित गायिका हुन्,उनीहरु केही वर्षदेखि प्रेममा थिए। सापकोटा अष्ट्रेलिया बस्दै आएका छन् ।

उनको विवाहमा उनका आफन्त तथा साथीभाइका र केही गायकगायिका एवम संचारकर्मी सहभागी भएका छन्