काठमाडौं । ललितपुरको बालकुमारी–ग्वार्को सडक ६ रात पूर्णरुपमा बन्द हुने भएको छ ।
जिल्ला सुरक्षा समितिका अनुसार बिहीबारदेखि वैशाख ११ गतेसम्म रातको समयमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।
सो सडकमा राति १० बजेदेखि ४ बजेसम्म सवारी साधनका साथै पैदल यात्रीलाई समेत हिँड्न निषेध गरिएको छ । फ्लाई ओभर निर्माण गर्न सडक नै बन्द गर्न लागिएको हो ।