सिटिजन लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो बोनस सेयर

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

कम्पनीको सञ्चालक समितिको सोमबार बैठकले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर दिने घोषणा गरेको हो ।

कम्पनीको बैठकले ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हालको चुक्ता पुँजी ३ अर्ब ७५ करोडको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।