काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र विस्तारै लयमा आएकाले बताएका छन् ।
काठमाण्डौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २०औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री महतले छ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने सम्भावना बनेको बताएका हुन् ।
अर्थमन्त्री महतले पर्यटक आगमन, विप्रेषण, शेयर मूल्य, जग्गा कारोबार, राजस्व र आर्थिक गतिविधि बढ्दो स्थितिमा रहेकाले समग्र स्थिति सन्तोषजनक भएको बताए ।





























