Hotel Panchthar Nepco Media

प्रहरीको गोली लागेर सुजन राउत मृत्यु

ललितपुर । बालकुमारी आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भएका युवकको परिचय खुलेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी आगजनीमा प्रहरीको गोली लागि मृत्यु भएका युवकको परिचय खुलेको हो।

मृत्यु हुने करिब २३ वर्षीय सुजन राउत रहेको इमाडोलस्थित किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले जानकारी दिए । उनलाई उपचारका लागि किष्ट अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।