धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । धादिङमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । गल्छी गाउँपालिका–७, गल्छी बजारस्थित पृथ्वी राजमार्गमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार (मंसिर ८) बिहान करिब ११ बजे काठमाडौंबाट धादिङको गजुरीतर्फ जाँदै गरेको बा४ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको बा९८प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक डडेलधुराको अजयमेरु गाउँपालिकाका २८ वर्षीय वरुणप्रसाद भट्टलाई उपचारका निम्ति बैरेनी अस्पतालमा पठाइएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

उक्त टिपर र चालक मकवानपुरको भीमफेदी गाउँपालिका–२ का ३३ वर्षीय गोविन्द घलानलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।