काठमाडौं । भारती प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन शाहको प्रसंशा गर्दै क्लियर भिजन र कमिटमेन्ट बोकेको नेताको रुपमा आफूले महसुस गरेको बताएका छन् ।
नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् ।
‘नेपालको भविष्य र भारत नेपाल सम्बन्धको लागि उनको क्लियर भिजन र कमिटमेन्टको महसुस गरेको छु,’ मोदीले भनेका छन्, ‘नेपालको जनताले जुन ऐतिहासिक जनादेश दिएको छ, त्यसले नेपालका नयाँ पिढीँको आकांक्षा देखाउँछ ।’
उनले भारत सधैं सशक्त र समृद्ध नेपाल विकास यात्रामा सहभागी हुँदै आएको र अझै पनि सँगै अघि बढ्ने बताए ।‘भारत एक सशक्त र समृद्ध विकास यात्रामा सधैं सहभागी हुँदै आएको छ । आफ्नो सम्बन्धको नयाँ उचाइका साथ अघि बढाउन महत्त्वपूर्ण निर्णय लिएका छौं,’ मोदीले भनेका छन् ।




























