इनमसँग कनेक्सन देखिएका महेश श्रेष्ठविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

काठमाडौं । विचौलिया इनम सापकोटासँग कनेक्सन देखिएको आरोपमा पक्राउ परेका महेश श्रेष्ठविरुद्ध पनि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले सम्पत्ति शुद्धीकरणको कसुरमा म्याद मिलान गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए । काठमाडौं जिल्ला अदालतले श्रेष्ठविरुद्ध इनम सापकोटाकै म्याद मिलान गर्दै ५ दिनको म्याद दिएको हो ।

श्रेष्ठ शनिबार पक्राउ परेकाले सोही मितिदेखि गणना गर्दा उनी बुधबारसम्म हिरासतमा बस्नेछन् । त्यसपछि बिहीबार फेरि उनलाई म्याद थपका लागि अदालत उपस्थित गराउनुपर्ने हुन्छ ।

इनमसँग कनेक्सन देखिएका श्रेष्ठको सम्बद्ध कसुरलाई भने इनमकै सुरुवाती कसुरसँग जोडिएको छ ।

‘एउटा व्यक्तिको सम्पत्ति शुद्धीकरण अनुसन्धान भइरहेकोमा त्यही व्यक्तिसँग जोडिएर कारोबार गरेको देखिएकाले प्रथम व्यक्तिकै कसुरलाई सम्बद्ध कसुरको रूपमा मानिन्छ,’ एक अनुसन्धान अघिकारीले भने ।

इनमलाई भने प्रहरीले राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरलाई सम्बद्ध कसुरको रुपमा लिएको छ । अहिले म्याद लिइएका श्रेष्ठ नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ हुन् ।

उनलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट पक्राउ प्रहरीले पक्राउ गरेको थियो । सापकोटा र इनमबीच कारोबार देखिएन केही चेकका फोटाहरू आदानप्रदान प्रदान भएको देखिएको स्रोतले बताएको छ ।