पोखरा ।पोखरा महानगरपालिका–८ सभागृह चोकमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा–६ लेकसाइड निवासी तथा अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरीका २८ वर्षीय आशिष कुँवर रहेका छन्।
प्रहरीका अनुसार चिप्लेढुङ्गाबाट सभागृह चोकतर्फ आउँदै गरेको ग.१६ प. ३६१५ नम्बरको स्कुटर गएराति अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका कुँवरको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
घटनापछि प्रहरीले स्कुटर चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।





























