कपिलवस्तुको सामुदायिक वनबाट ५ थान भरुवा बन्दुक बरामद

काठमाडौँ । कपिलवस्तुको वाणगंगा नगरपालिका–९ जिनुवास्थित कालिका सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेका ५ नाल भरुवा बन्दुक फेला परेका छन्।

 

फेला परेका बन्दुकमध्ये ३ नाल तयारी (साबुत) र २ नाल बेसाबुत (बिग्रेको) अवस्थामा रहेका छन्। प्रहरीले बन्दुक नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।