गौरी यादवलाई नियन्त्रणमा लिन प्रधानमन्त्री बालेनको आदेश

प्रधानमन्त्री बालेनले उद्योगमन्त्री गौरी यादवलाई पक्राउ गर्न आदेश दिएको दाबी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई पक्राउ गर्न आदेश दिएको थाहा भएको छ। पेट्रोलियम पदार्थको मूल्य आफूखुसी घटाएको र त्यससम्बन्धी सूचना चुहाएको आशंकामा प्रधानमन्त्री बालेनले उद्योगमन्त्री यादवलाई तत्कालै थुनेर सोधपुछ गर्न नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई निर्देशन दिएको बताइँदै छ ।

अनियमितता गरेको आशंका लागे स्पष्टीकरण लिने वा पदबाट बर्खास्त गर्ने अभ्यास विपरीत प्रधानमन्त्री बालेनले आफ्नै मन्त्रीलाई पक्राउ गर्न सिधै आइजीपीलाई निर्देशन दिएको घटना आश्चर्यजनक भन्दै चर्चा हुन थालेको छ ।
घटनाबारे जानकार राष्ट्रिय स्वतन्त्र पार्टीका केही नेताहरू र सुरक्षा अधिकारीहरूका अनुसार प्रधानमन्त्री बालेनले राति सिधै फोन गरेर सांसद समेत रहेकी बहालवाला मन्त्रीलाई तत्कालै पक्राउ गर्न आदेश दिएपछि आईजीपी कार्की आत्तिएका थिए।