काठमाण्डौ । लोकप्रिय लोकदोहोरी गायक धनराज चुनाराको स्वरमा नयाँ गीत ‘चमेली फूल राम्रो’ सार्वजनिक गरिएको छ।
हालै सार्वजनिक गरिएको उक्त गीतमा मौलिक लोक भाका समेटिएको छ भने ग्रामीण परिवेश, प्रेम चुनाराले आफ्नो सामाजिक सञ्जालमार्फत गीत सार्वजनिक भएको जानकारी दिँदै दर्शक–श्रोतासँग माया र साथको अपेक्षा गरेका छन्।
नेपाली गीत–संगीतको क्षेत्रमा एक पछी अर्को गर्दै पछिल्लो समयका चर्चित गायक धनराज चुनारासँगै स्वरमा नयाँ गीत ‘चमेली फूल राम्रो’उक्त गीतको शब्द तथा संगीत पक्ष पनि आकर्षक रहेको निर्माण टिमले जनाएको छ। भिडियोमा ग्रामीण परिवेश र सांस्कृतिक झल्को समेटिएको छ, जसले गीतलाई अझ जीवन्त बनाएको छ।
२० वर्षभन्दा बढी समयदेखि नेपाली लोकदोहोरी क्षेत्रमा सक्रिय चुनाराले यसअघि पनि सय भन्दा माथी गितमा स्वर दिएका चुनारा ‘सालैको पातैमा’, ‘घाँसै काट्ने डाली’, ‘जवानीको मात’ जस्ता अझै चर्चित गीतहरू छन् र मौलिक भाकामा आधारित सिर्जनाका लागि परिचित छन्।
सार्वजनिक भएसँगै ‘चमेली फूल राम्रो ‘ गीतले सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको छ। श्रोताहरूले गायक धनराज चुनारा लाई साथमा गायिका मधु रसाइलीको स्वर रहेको उक्त गीत र प्रस्तुतीको प्रशंसा गरेका छन्। गीतमा सुप्रिम राज विश्वकर्माको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
उक्त गीतका शब्दहरू विश्व विनोदले लेखेका छन भने संगीत संयोजन डोलराज बारघरेको रहेको छ । गीतको रेकर्डिङ डाइनामिक स्टुडियोमा रोजित महर्जनले गरेका हुन् ध्वनी सम्पादन (मिक्सिङ÷मास्टरिङ) विमल छिनालले गरेको पाइन्छ।
उक्त गितको म्युजिक भिडियोमा महिला चर्चित मोडल विना राउत र प्रकाश सोनीको उत्कृस्ट अभिनय नृत्य देखिन्छ। भिडियोको कथा, निर्देशन र कोरियोग्राफी जेरी भण्डारीले गरेका हुन्।
यस भिडियोको छायांकन दिपक गिरीको समुहले गरेको पाइन्छ र सम्पादन तथा रङ संयोजन सुजन कोइरालाले गरेका छन्। गित‘आर्ट सिन स्टुडियो’ मा सम्पादन गरिएको छ ।
नयाँ गीत ‘चमेली फूल राम्रो’ पनि दर्शकमाझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ।
गितको लिंक तल दिइएको छ ।





























