२५ करोडको भरिया हैन मालिक समाएर देखाउनु : सांसद सिंह

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले २५ करोड अवैध रकम कुनै भरियाको नभएको भन्दै सरकारलाई मालिक समात्न चुनौती दिएका छन्।

सांसद सिंहले विगतदेखि नै भरिया मात्रै समात्दै आइरहेको बताएका हुन्। उनले भने, ‘यो सुन तस्करको पैसा हो। अहिले सबै तस्करीहरू बढेका छन्। जहिले पनि किलोका किलो सुन समातिन्छ। तर, मालिक समातिँदैन। छानबिन समितिको रिपोर्ट बन्छ सरकारले त्यसलाई तालाचाभी लगाएर आफैँसँग राख्छ सार्वजनिक गर्दैन।’