७ सीडीओलाई गृहले ग¥यो सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी १३ जनाको सरुवा गरेको छ। बुधबार गृह मन्त्रालयलले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गर्दै सरुवा तथा पदस्थापनको सूची सार्वजनिक गरेको हो।

कपिलवस्तुका सीडीओ शिवप्रसाद अधिकारी, सुर्खेतका शंकरहरि आचार्य, नवलपरासीपूर्वका अरुण पोखरेल, बागलुङका नेत्रप्रसाद सुवेदी, अछामका शिवप्रसाद लम्साल र पर्वतका केदारनाथ शर्माको गृह मन्त्रालयमा सरुवा भएको छ।

यस्तै मन्त्रालयमा रहेका सहसचिव दिलकुमार तामाङ कपिलवस्तु, जगदिश्वर उपाध्याय सुर्खेत, भविश्वर पाण्डे नवलपरासी पूर्व, कुमानसिंह गुरुङ बागलुङ, प्रेमप्रसाद लुइँटेल उदयपुर, आनन्द सारुलाई अछामको सीडीओको जिम्मेवारी दिइएको छ।