पूर्वराजालाई गृहमन्त्रीको चेतावनी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतन्त्रको विकल्प राजतन्त्र नभएको भन्दै नहौसिन चेतावनी दिएका छन् । आइतबार बिहान सुर्खेतमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

‘केही मानिसले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन्,’ लेखकले भने, ‘त्यो भ्रममा राजाले हौसिन आवश्यक छैन ।’

जनताले आन्दोलन र क्रान्ति गरेर फालिसकेको राजालाई लोकतन्त्रमा फर्किसकेको जनताले फेरि फर्काएर ल्याउँछ भन्ने विश्वास नगर्न समेत लेखले आग्रह गरे ।

पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं आज आउने कार्यक्रम रहेको छ । राजावादीहरु पूर्व राजाको स्वागतको लागि सडकमा आउने भएका छन् ।