काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपाल–भारतबीच टनकपुर बाँधबाट पानी वितरण गर्ने सहमति भएको बताएका छन्।
‘भारत ऊर्जा सप्ताह २०२५’ मा भाग लिएर स्वदेश फर्किएका मन्त्री खड्काले टनकपुर बाँधबाट नेपालतर्फ पानी छोड्ने सहमति भएको बताएका हुन्। उनले सिंचाइतर्फ पञ्चेश्वर परियोजनालाई अगाडि बढाउनेबारेमा अन्तिम टुंगो लगाउने बारे छलफल भएको जनाए ।
कोसी परियोजनाका विषयमा पनि छलफल भएको उनको भनाइ छ। उनले दुई देशबीच सिंचाइ व्यवस्थापन बैठक हुन नसकेको र फेब्रुअरी २२ मा छलफल गर्ने सहमति भएको पनि बताए।































