काठमाडौं । बुधबार दिउँसो खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न भएको थियो । मेलम्ची खानेपानीको २० इन्च मोटो फलामे पाइप फुटेर बाहिरिएको पानीले सरकारी कार्यालय र निजी भवन डुबानमा परेका थिए ।
विद्युत्को तार भूमिगत गर्दा जथाभावी मेसिन चलाउँदा फुटेको पाइपको पानीले केही भाग सडकसमेत भासिएको छ ।
नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युत्का तार अण्डरग्राउण्ड गर्न ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत सकिएको जनाएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि काठमाडौंमा वितरण गरिने थोक प्रणालीको उक्त पाइप करिब २० घण्टापछि मर्मत सम्पन्न भएको काठमाडौंं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जनाए ।






























