काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला २ हजार ७ सयले घटेको सुनचाँदी व्यवसायी महासङ्घ जनाएको छ ।
मङ्गलबार प्रतितोला सुन एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ६७ हजार ५०० कायम भएको महासंघले जनाएको हो ।
यसैगरी, चाँदी प्रतितोला १५ ले घटेको छ । आज चाँदि प्रतितोला १हजार ९ सय ३० रुपिँयाले कारोबार भैरहेको महासंघले जनाएको छ ।































